Logo

प्रदेश

कोरोनाबारे फेसबुकमा भ्रम सिर्जना गरेको आरोपमा एक जना पक्राउ



विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जाल फेसबूक लगायतमार्फत नेपालमा कोरोना भएको भन्दै भ्रम फैलाउने युवकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रामछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।

उनले मोबाइलमार्फत भ्रमपूर्ण कुराहरु रेकर्ड गरी तयार पारेको अडियो सामाजिक सञ्जालमा शेयर गरेको भेटिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।