Logo

प्रदेश

कोरोनाको अफवाह फैल्याउने विवेक थापा ‘झोर्लेन्युज डट कम’का प्रधानसम्पादक



कोरोना भाइरसको संक्रमणबारे अफवाहपूर्ण अडियो भाइरल बनाउने विवेक थापा मगर झोर्ले न्युज डट कमका सम्पादक रहेको प्रहरीले जानकारी दिएको छ । उनले काठमाडौँमा कोरोना भाइरस फैलिएको अफवाहपूर्ण अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए  ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले २१ वर्षीय मगरलाई शनिबार पक्राउ गरेको छ । प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले अफवाह फैलाउने मगरलाई पक्राउ गरिएको देशसञ्चारलाई जानकारी दिए   ।

रामेछाप घर भई भक्तपुरको सिपाडोलमा बस्ने मगरले काठमाडौँमा केहीलाई कोरोनाको संक्रमण फैलिसकेको अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए। उनको वेबसाइट सूचना विभाग वा अन्य कहिँ दर्ता भने भएको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १७:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।