कोरोना भाइरसको संक्रमणबारे अफवाहपूर्ण अडियो भाइरल बनाउने विवेक थापा मगर झोर्ले न्युज डट कमका सम्पादक रहेको प्रहरीले जानकारी दिएको छ । उनले काठमाडौँमा कोरोना भाइरस फैलिएको अफवाहपूर्ण अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले २१ वर्षीय मगरलाई शनिबार पक्राउ गरेको छ । प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले अफवाह फैलाउने मगरलाई पक्राउ गरिएको देशसञ्चारलाई जानकारी दिए ।
रामेछाप घर भई भक्तपुरको सिपाडोलमा बस्ने मगरले काठमाडौँमा केहीलाई कोरोनाको संक्रमण फैलिसकेको अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए। उनको वेबसाइट सूचना विभाग वा अन्य कहिँ दर्ता भने भएको छैन ।




















प्रतिक्रिया