इराकबाट नेपाल फर्किएका बाबुछोरी सहित तीन जनालाई कोरोना संक्रमणको आशंकामा आइसोलेशन राखिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टिका उनिहरूलाई बाह्रबिसेस्थित प्राथमिक स्वास्थ केन्द्रको आइसोलेशनमा राखिएको हो ।
गत माघ २९ गते नै इराकबाट फर्किएका बाबुछोरी र छिमेकी एक वृद्ध काठमाडौमा एकसाथ बस्ने गरेको बताइएको छ । लामो समयदेखि सुख्खा रुघाखोकीको समस्याले ग्रसित उनिहरू कोरोना संक्रमणको आशंकामा आफैं परिक्षणका लागि स्वास्थ केन्द्रमा आइपुगेको जनाइएको छ ।
उनिहरू परिक्षणको लागि आइपुगे पनि परिक्षण सामाग्रीको अभावमा अहिलेसम्म उनिहरूको परिक्षण हुन सकेको छैन् ।




















प्रतिक्रिया