Logo

खेलकुद

नापोली कोपा इटालियाको फाइनलमा, उपाधिका लागि युभेन्टसको सामना गर्ने



नापोली कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत शनिबार राति भएको दोस्रो लेगमा इन्टर मिलानसँग १–१ को बराबरी खेलेको नापोली समग्रमा २–१ को जितसहित फाइनलमा पुगेको हो ।

अवे मैदानमा भएको पहिलो लेगमा नापोली १–० ले विजयी भएको थियो । शनिबार राति घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै गोल खाएको नापोलीले ४१ औँ मिनेटमा बराबरी गोल फर्काएको हो । दोस्रो मिनेटमा क्रिष्टियन एरिक्सनले इन्टर मिलानका लागि गोल गरेका हुन् ।

४१ औँ ड्रिस मार्तेन्सले नापोलीका लागि बराबरी गोल फर्काएका हुन् । उनी नापोलीका कीर्तिमानी गोलकर्ता पनि बनेका छन् । उनले नापोलीका लागि १२२ गोल गरिसकेका छन्, जुन यसअघिका कीर्तिमानी गोलकर्ता स्लोभाकियन मारेक हाम्सिकको भन्दा एक गोल बढी हो ।

अब उपाधिका लागि नापोलीले युभेन्टससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार ०६:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।