Logo

प्रमुख समाचार

क्वारेन्टिनमा स्वयंसेवकद्वारा महिलामाथि बलात्कार प्रयास



कैलालीमा क्वारेन्टिनमा बसेकी १ महिलामाथि बलात्कारको प्रयास भएको छ । लम्किचुहा नगरपालिका – १ मा रहेको सहिद स्मृति माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि बलात्कार प्रयास भएको हो ।

पीडित महिलाका अनुसार स्वयंसेवकको रूपमा रहेका तीन जनाले आफूमाथि बलात्कार प्रयास गरेको उनले बताएकी छिन् । इलाका प्रहरी कार्यलय लम्किका अनुसार अहिले क्वारेन्टिनमा प्रहरी पठाइएको र विस्तृत विवरण प्राप्त हुन नसकेको जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यलय कैलालीले भने महिलामाथि दुर्व्यवहार भएको भन्ने उजुरी आए लगत्तै ३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

घटनापछि लम्कीका स्थानीयले बिरोध प्रदर्शन गरेका छन । अहिले लम्की क्षेत्रमा सडकअवरूद्ध गरेर प्रदर्शन भइरहेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

क्वारेन्टिनमै बलात्कार भएको भन्दै अहिले उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार २१:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।