Logo

कोशी प्रदेश

प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि



प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा। सुरेश मेहताका अनुसार पछिल्लो २४ घण्टामा झापा, मोरङ र उदयपुरका गरी १४ जना संक्रमित थपिएका छन् ।

मोरङको रतुवामाई नगरपालिकामा ९ जना, झापाको झापा गाउँपालिकामा १ जना र उदयपुरको त्रियुगा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितमध्ये १८१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार १६:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।