नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । आज थप २१६ जना डिस्चार्ज भएका छन् ।
यसअघि हिजो सर्वाधिक ६ सय ७१ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको थियो ।
यसैगरी, अहिलेसम्म २२ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये १७ पुरुष र ५ महिला छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४ सय २ जना कोरोनामुक्त भई डिस्चार्ज भएको बताएका छन् ।



















प्रतिक्रिया