गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना भाइरस पुष्टि भएको छ । पहिलो पटक हिमाल पारीको जिल्ला मुस्ताङसहित ३ जिल्लामा थप ५० जनामा कोरोना पुष्टि भएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार बाग्लुङमा २९, मुस्ताङमा १, तनहुँमा २ र नवलपरासी (सुस्ता पूर्व) मा १८ जना संक्रमित थपिएका छन् ।
यसअघि गण्डकी प्रदेशका ११ मध्ये मुस्ताङ बाहेकका १० जिल्लामा संक्रमण देखिएको थियो । योसँगै गण्डकीका ११ वटै जिल्ला कोरोनाबाट प्रभावित भएका छन् ।
गण्डकीमा अहिलेसम्म ४ सय ८८ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किँदा १ जनाले भने ज्यान गुमाएका छन् ।
कोरोनाबाट ज्यान गुमाउनेमा स्याङ्जा वालिङका ५८ वर्षीय पुरुष हुन् । उनको २५ जेठमा उपचारको क्रममा पोखरामा मृत्यु भएको थियो ।




















प्रतिक्रिया