Logo

टिप्पणी

दोधारको बाटोमा प्रचण्ड, कुन बाटो जालान् ?



नेपाल कम्युनिष्ट पार्टी भित्र यतिबेला सबैभन्दा तनाबमा रहेका नेता भनेका पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । बेलाबेलामा चर्चाको केन्द्रमा आइरहेने प्रचण्ड यतिबेला भने नेकपा भित्रकैको ठुलो राजनीतिको दोधारबाटो उभिएका छन् ।

त्यसैले पनि प्रचण्ड अब कुनबाटो जालान् प्रश्न त्यहि उभिएको छ । नेकपा भित्र चलेको करिब तीन महिनाको शक्तिसंघर्षले विभिन्न खुट्किला पार गर्दै यतिबेला आगामी मंसिरमा महाधिवेशन सम्मको बाटोमा ल्याएर छाडेको छ । यस बीचमा कहिले अध्यादेश ल्याउने र पार्टी फुटाउने,कतै नेकपाकै उपाध्यक्ष तर चुनाव हारेका बामदेब गौतमलाई प्रधानमन्त्री बनाउने सम्मको प्रस्तावसम्म पनि आए ।

यो बीचमा जे जति प्रधानमन्त्री ओलीको आलोचना भए,खण्डन भए उनलाई जुनरुपमा हटाउनका लागि प्रचण्ड माधव कुमार नेपाल लागेका छन् । त्यसलाई त्यसै परिस्थितिलाई बुझेर अहिलेको राजनीतिक नयाँ मोडमा पुगेको हो ।
यिनै ओलीबाट अर्को ‘एल्लो कार्ड’ पाएका प्रचण्ड र नेपालले अब कसरी फल नगरीकन खेल खेल्छन् त्यो भने हेर्न बाँकि छ । त्यो फल नगरीकन खेल्नका लागि प्रचण्ड अहिले कसरी खेल्ने भन्ने दोधारको बाटोमा उभिएका छन् ।

शनिबार चलेको सचिवालले बैठक अन्यभन्दा भिन्न रह्यो । ओलीले आफूले सुरुमै बोल्दा भने ‘मलाई हटाउने नै हो भने पहिला मेरो विकल्पमा प्रधानमन्त्री हुने पात्र खोज्न साथीहलाई आग्रह छ, थप उनले भने यदि पार्टीको एकलौटी हिस्सा चाहिने हो भने मंसिरमा महाधिवेशन गरौं त्यहीबाट टुंगाो लाग्छ ।’

त्यसपछि बोलेका प्रचण्डले महाधिवेशनको कुराले उनी अलमलिए, त्यसको केही घण्टा सम्म राजीनामा मागेका उनले ओलीको राजीनामाका कुरै गरेर उल्टै भने, ‘ महाधिवेशन समयमै गरौं,पार्टीलाई एकताबद्ध भएर लैजानुको विकल्प छैन ।’

प्रचण्ड पछि बोलेको माधव कुमार नेपाल झस्किए माधव नेपालले प्रधानमन्त्रीले कुनै एकपदबाट राजीनामा दिनुपर्ने अडान कायम राखे । उनले भने ‘महाधिवेशन अहिले गर्न सम्भव छैन, दुई अध्ययक्ष मिल्दैनमा सबैकुरा हुन्छ भन्ने पनि छैन। ’

नेपालले ओली र प्रचण्डले सहमति गरिसकेको भान पाएपछि नेपाल पक्षधर आक्रोसित भए । किनभने प्रचण्डले ओलीको राजीनामा माग्नुमा माधव नेपालकै बलबुँताबाट भएको हो । तर प्रचण्डले ओलीसित अहिलेको अवस्थामा सहमति गरे वा वारपार नगरे सबैभन्दा बढी घाटा मावध कुमार नेपाललाई हुने छ ।

त्यसैले पनि मावध नेपाल पक्षधर जसरी पनि ओलीको कुनै एकपद खुस्काउन सकेको खण्डमा मात्रामा आफूलाई हलुँका मससुुस हुने छ । किनकि ओली र प्रचण्डबीच सहमति भए ओलीले पाँचैवर्ष सरकार चलाउने छन्े भने आागमि हुने महाधिवेशनमा ओलीले प्रचण्डलाई सहयोगगर्ने छन् ।

नेपाललाई आफ्नै पूर्वपाटीको आलोचना गरेको आरोप पनि लाग्ने छ भने ओलीले पनि सहयोग गर्ने छैनन् । त्यसैले पनि नेपाल पक्षधरका नेता प्रचण्डलाई खुट्टा नकमाउन हौसाइरहेको छन् ।

दबाबमा प्रचण्ड

अहिले दुइ किनारमा उभिएका ओली दबाबमा देखिन्छन् ।उनलाई ओलीको महाधिवेशनको प्रस्ताव उचित लागेको छ । लाग्नुको कारण पनि छ । किनभने अ‍ोलीलाई पाँचैबर्षकै लागि सरकार चलाउन दिने हो भने आृेलीले महाधिवेशनमा प्रचण्डलाई सघाउानका लागि करै लाग्छ । त्यसो गर्दा आगामि चुनाबपछि उनी एकल अध्यक्ष र सरकार चलाउने हिस्सेदार पनि हुन सक्ने सम्भवना छ । त्यसैले पनि प्रचण्ड ओलीतिर जानखोजेको जस्तो पनि देखिन्छन् । अर्कोतिर प्रचण्डलाई मावध नेपालको समूहले पेल्न थालेका छन् ।

उनले शनिबार आफ्नै निवासमा पनि माधव नेपालको पक्षधरको कुरा सुनेर आफूले कुनै किसिमको सहमति नगरेरको महाधिवेशनको पक्षमा मात्र सहमति जनाएको बताए । उनले आफुलाई झुक्याएर शितल निवास लगिएको समेत बताए । तर, शितल निवासमा के के भएको हो त्यो कुरा भने खुलाएन ।

तर प्रचण्डले  प्रष्ट पार्दै नेपालका पक्षलाई भने मैले सहमति गरेको छैन,तर पार्टीलाई जोगाउन पनि छ । ओलीलाइ हटाउन सजिलो पनि छैन। त्यसैले महाधिवेशनको बाटो जाँदा ओली माधव नेपाल पक्षले असन्तुष्टि जनाउने ओलीलाइ मिलेर हटाउदा अध्यादेश ल्याएर पार्टी फुटाउन सक्ने सम्भवना पनि छ ।

नेकपा एक जना नेता भन्छन् ‘उनले यस्ता धेरै समस्याहरुको भोगेको मान्छेहरु केही न केही जुक्ति निकाल्छन् ।’ अब प्रचण्डले कस्तोबाटो कुन धारमा हिड्न र अबको नेकपाको भित्र जोगाउने र फुटेर जाने त्यो पनि अध्यक्ष प्रचण्डकै हातमा छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १०:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।