Logo

प्रमुख समाचार

६५ वर्षीया कोरोना संक्रमित पुरुषको हाेम आइसोलेसनमा मृत्यु



भक्तपुरमा ६५ वर्षीय पुरुषको आइसोलेसनमा मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो ।

उच्च रक्तचाप, महुमेहका बिरामी ती पुरुषको यहि भाद्र ११ मा पीसीआर परीक्षण गर्दा १२ गते (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको भक्तपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिएका छन् । होम आइसोलेसनमै स्वास्थ्यलाभ गरिरहेका ती पुरुषको शनिबार राति मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार ११:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।