नेपालको सन्दर्भमा सिजि ब्रान्ड भनेको देशको हरेक ठाउँमा पुगिसकेको उत्पादन हो । यसले गर्दा पनि सिजिका नयाँ नयाँ प्रोडक्टहरु सबैभन्दा बढी बिक्रि हुने गर्छन् । सोही अनुरुप सिजि मार्फत नेपाली बजारमा आएका उत्पादनहरु विश्वसनीय पनि देखिएका छन् ।
यसरी नै नयाँ नयाँ प्रोडक्टहरु नेपाली बजारमा ल्याउने क्रममा सिजिले हालसालै नेपालमै पहिलो पटक गुगल एन्ड्रोइड टेलिभिजन लञ्च गरेको छ । सुरुको समय अर्थात २००५ मा २ वटा सिआरटी डिभिडि प्लेयरबाट सुरु गरेको सिजिले अहिले २०२० अन्तरालमा आउँदा गुगल एन्ड्रोड टेलिभिजन लञ्च गर्न सफल भएको छ ।
सामान्यतया जो कोहीलाई अहिले टिभि अनिवार्य आवस्यकता जस्तो भैसकेको अवस्थामा यो एन्ड्रोइड टिभिले सिजिलाई हर्षित बनाएको सेल्स डेपुटि म्यानेजर हरी चन्द्र अर्याल बताउँछन् । ‘मल्टीनेशनल कम्पनीको टिभिमा पहिले देखि नै एन्ड्रोइड युक्त नै पाईन्थ्यो तर पनि बजारमा मूल्यले पनि विशेष महत्व राख्ने हुन्छ । अहिले सिजिले लिएको एन्ड्रोइड टिभि गुणस्तरीयको साथमा सस्तो पनि भएको कारण बजारमा सोचेको भन्दा बढी गईरहेको छ, यसले गर्दा हामीलाई अझ हर्षित र उत्साहित बनाएको छ । ‘म्यानेजर अर्यालले भने ।
योे टिभीमा मिराकाठ नामक फिचर रहेको छ । यसबाट मोबाईलमा भएका सामाग्रि स्क्रिन सेयर गरेर टिभिमा हेर्न सकिन्छ । पहिला लञ्च गरेको एलइडिमा साइज २० इन्चदेखि ८६ सम्मको रहेको थियो, अहिले एन्ड्रोइड टिभीमा भने ३२ देखि ७५ इन्चसम्मको रहेको अर्यालले बताए ।
‘सामान्यतया, हामीसँग गुगल एन्ड्रोइड टिभीमा ५५, ६५ र ७५ इन्चको रहेको छ । यसमा अल्ट्रा ८० फेसिलिटि भनेको एच डि फेसिलिटि भनेको यू एच डि अर्थात यसलाई हामी ४ के भन्छौँ । ४ के को अर्थ भनेको फुल एचडिको पनि डबल क्वालिटि हो ।’ उनले भने ।
‘चैत्र अगाडी नै यो लञ्च गर्ने योजना भएको कारण हामी डिलर जम्मा गरेर कनफ्रेस गर्ने भन्ने तयारी थियो तर यसलाई कोरोना महामारीले प्रभाव पार्यो ।’ तर पनि प्रोडक्ट लञ्च भईसकेपछि अनलाईमार्फत पनि व्यावसाय राम्रो नै छ । ‘नेपालको सन्दर्भमा सामान बजारमा आइसकेपछि कसले बिक्रि वितरण गरेको छ भनेर हेरिन्छ र कोरोनाले अनलाईन कारोबारलाई प्रोत्साहन गर्दा ग्राहकमा विषय वस्तु सम्बन्धमा अझ बढी सोधखोज गर्ने बानि परेको छ । जसले गर्दा प्रोडक्टको जानकारी बढी हुँदा सिजिको सामान अर्डर गर्ने अझ बढेका छन् ।
हाम्रो डिजिटल सोरुमहरु पनि रहेका छन् । यसरी अनलाईन अर्डर गर्दा धेरै फिचर्सहरु पनि हेर्न सकिने साथै सिजिको डिलरहरु नेपाल अधिराज्यभरमा ३ सय भन्दा बढी रहेका छन् । त्यसकारण सिजिको प्रोडक्ट नेपाल अधिराज्य भर सजिलै पाउन पनि सकिने हुँदा ग्राहकहरु अझ बढी लाभान्वित भईरहेका छन् ।
‘वारेन्टिको सन्दर्भमा कुरा गर्दा वारेन्टिको ड्रेण्ड नेपालमै चौधरी ग्रुपले सुरुवात गरेको हो । एलइडि टिभिमा हामीले २० इन्च देखि ५५ इन्चसम्म ३ वर्षको वारेन्टी दिन्छौँ, त्यसमा २ वर्षको फुल वारेन्टी हुन्छ भने अन्त्यको १ वर्ष सर्भिस वारेन्टी हुन्छ । ठूलो साइचको ६५ र ७५ इन्चकोमा भने १ वर्षको वारेन्टी दिएका छौ, यो सुरुमा लञ्च भएको भएर यति दिएका हौँ यसमा पनि हामी डेभलप गर्ने तयारीमै रहेका छौं ।’ अर्यालले भने ।
सिजिका हरेक टिभीका समस्या समाधानका निमित्त हामीले टोल फ्रि नम्बर पनि उपलब्ध गराएका छौँ । हामी ग्राहकको कम्प्लेन आएको दुई घण्टामै कल ब्याक गरेर जतिसक्दो छिटो हामी सर्भिस दिन्छौ उनले भने ।





















प्रतिक्रिया