सिन्धुली । गोलञ्जोर गाउँपालिकामा भ्रष्टाचार गरेको तथ्यसहितको समाचार बाहिरिएपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको गोलञ्जोर गाउँपालिका कमिटीले उपाध्यक्ष र अध्यक्षको बचाउमा प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा गाउँपालिका लेखा समिति संयोजकले राजनीतिक पूर्वाग्रह राखेर भ्रामक अभिव्यक्ति दिएको जनाइएको छ। गाउँपालिकाका लेखा समिति संयोजक दौलत कार्कीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मिलेर नीतिगत भ्रष्ट्राचार गरेको…