ममताले कहिलेकाहीं कुरुप स्वरुप धारण गर्न पुग्छ । जसको कारण नसोचेको अपजसको सामना गर्नु पर्दा जति भक्कानिए पनि मन शान्त पार्न कठिन हुन्छ । यस्तै एउटा अवस्थाको सामना गर्नु पर्ने बाध्यतामा पुगेकी छिन् अधिकारकर्मी सिर्जना वाग्ले । चैत्रको अन्तिमतिर भोजपुर घर बताउने लक्ष्मी गदाल नामकी महिला सिर्जना कार्यकारी निर्देशक रहेको अनलाइनपाना डट कमको कार्यालयमा आईन्…