Logo

गजल-प्रदेशमा कमाइ छैन,घर आउन रकम छैन

किन्छु भन्ने कबुल त्यस्तै-त्यस्तै भयो, रातो सारी,शिरमा शिरफुल त्यस्तै-त्यस्तै भयो प्रदेशमा कमाइ छैन,घर आउन रकम छैन, रित्तो खल्ती,रित्तो अन्जुल त्यस्तै -त्यस्तै भयो । नरुवाउनु तिम्रो मन,अरु हेरि खुशी हुनु, मुटु माथी पिरको त्रिशुल त्यस्तै-त्यस्तै भयो । बाँचिराख्नु लामो आयु,हेरिराख्नु भित्ते तस्बिर, जिन्दगिलाइ समयको भुल त्यस्तै-त्यस्तै भयो । (सौगात शाह-बुढिगङ्गा ०५ बाजुरा)