चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगीतामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् । सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागीता रहेको थियो ।…