नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने दावी गरेका छन । जनसंवाद अभियानअन्तर्गत रामेछापको सदरमुकाम मन्थली आएका डा भट्टराईले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले नेपाली समाजमा क्रान्तिको एउटा चरण पूरा भएको बताए । उनले राजनीतिक क्रान्तिको यो चरणलाई टेकेर विकास…