कोसी गाउँपालिका सुनसरी, शिक्षा अधिकृत नेपालको संविधानले परिकल्पना गरेको संघीयता। त्यसमा पनि तीन तहको सरकार। देश संघीयतामा गएसँगै विभिन्न प्रकारका कर्मचारीहरूको व्यवस्था हुन गयो। कर्मचारी वृत्तमा पनि संघीयता लागू हुने भयो। त्यस व्यवस्थासँगै कर्मचारी वृत्तमा ठूलो खैलाबैला र सनसनी मच्चियो। कोही संघ अन्तर्गत रहने भए, कोही प्रदेश त कोही स्थानीयमा रहनु पर्ने कानुनी व्यवस्था भयो।…