सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उदेश्यका साथ गायक,सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए । त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । उमेशको शब्द र सङ्गीतमा गायक रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रिमेक भर्सन सार्वजनिक भएको हो ।
गीतका शब्दहरुमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ भने भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ । भिडियोलाई जीवन्त बनाउन उमेशले कलाकारहरुको टोलिलाई नै इनरुवा उतारेर छायाँकन गराएका थिए ।
भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका रिमा विश्वकर्माले अभिनय गरेका छन् । युवराज वाईबाको निर्देशन रहेको भिडियोको छायाँकन निलास पौडेलले र सम्पादन विकास दाहालले गरेका हुन् । गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् । गोत्र इन्टरटेनमेन्ट च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

















प्रतिक्रिया