Logo

बैंकिङ

एनआईसी एशियाको अपराधमा राष्ट्र बैंककै ढाडस : मिडिया बार्गेनिङदेखि साईबर अपराधसम्म



प्रोपोगान्डा र प्रचारवाजीलाई प्राथमिकतामा राखेर जनमानसमा भ्रम सृजना गर्ने माहिर एनआईसी एशिया बैंकले फेरिपनि आफ्ना ग्राहकलाई दिगभ्रमित गर्न सफल भएको छ । बैंकले आफ्ना कर्तुत लुकाउन सामाजीक सञ्जालमा साईबर स्याल अर्थात् नक्कली अकाउन्ट खडा गरेको छ । बैंकले गरेका बद्मासी एकपछि अर्को गर्दै बाहिरिएपछि आफ्नो निक्षेपको सुरक्षा गर्न ग्राहकले धमाधम रकम निकाल्न थाले । एकैपटक अर्बौं रकम बाहिरिन थालेपछि बैंक अतालिएर साईबर स्याल खाडा गरेको हो ।

राम्रो कन्टेन लेखिदिनुस् पैसा दिन्छौं भन्दै मिडियासंग बार्गेनिङ

एनआईसी एशिया बैंकले वित्तीय सूचकका विवरण समेत गलत राखेर सम्प्रेषण गरेपछि रास्ट्र बैंकले बिस्तृत रुपमा अनुसन्धान सुरु गर्‍यो । रास्ट्र बैंकले पनि बैंकले बदमासी गरेको स्विकार्दै कारवाही प्रक्रिया अधि बढाउने तयारी गरिएको भने पनि आजसम्म आईपुग्दा उक्त विषयलाई गौन राखिएको छ । त्यस्तै सत्य तथ्य र निश्चपक्ष भएर बैंकका बदमासी र लुकाउन गरिएका कर्तुतलाई हरेक संचार माध्यमले बाहिर ल्याएपछि एनआईसी एशिया बैंकबाट २ दिनमै २७ अर्वसम्म बाहिरियो ।

विभिन्न किसिममा असन्तुष्टि जनाउँदै केहि उच्चपदस्थ कर्मचारी बाहिरीसकेका थिए त केहि बाहिरिने तयारी गर्दै गर्दा बैंकका गलत कामबाट हात झिकिसकेका थिए । तसर्थ ड्यामेज कन्ट्रोल गर्न बैंकका सिईओ रोशन कुमार न्यौपाने आफैं संचारमाध्यमका कार्यलय धाउने र मिडियाका संचालक यवम् सम्पादकका चाकडी गर्न थाले । आफ्ना र बैंकका पक्षमा समाचार लेख्दिनुस् पैसा दिन्छौं, अब बिज्ञापन सुरु गर्छौ भन्दै हारगुहार गर्ने देखि करोडौंका बार्गेनिङ गरेपछि केहि व्यवसायीक सन्चार माध्यमले बैंकको चाकडी गर्दै डुब्न लागेको बैंकको यथार्थभन्दा बाहिर गएर आफ्नो दायित्वलाई समेत भूले ।

मिडियाले निभाउनुपर्ने धर्म र मर्म विपरीत गएर एनआईसी एशिया बैंक इन्ड्रस्टीकै अब्बल छ, ढुक्क हुनुस् भन्दै कन्टेन्ट लेख्न सुरु गरे । यसरी धरासायी बन्दै गएको बैंक एकाएक ‘अब्बल छ, नाअत्तिनुस्’ भनिदिएर लेखिएका समाचार सिइओ रोशन कुमार न्यौपानेले आफ्नो आधिकारिक फेसबुक र एनआईसी एशिया बैंकको आधिकारिक पेजबाट धमाधम शेयर गर्न थाले । तिनै सञ्चारमाध्यमका कारण जनमानसमा अर्को अफवाह फैलाउन बैंक केहि हदसम्म सफल भयो ।

कानुन विपरित नक्कली फेसबुक खाता खोली गलत प्रचारवाजी

आधिकारिक व्यक्ति बाहेक कसैले अन्य कसैको नाम नम्बर या तस्वीरको दुरुपयोग गरि सामाजिक सञ्जाल प्रयोग गर्नु साईबर अपराध मानिन्छ । तर एनआईसी एशिया बैंकले आफ्नै प्रचार र दुर्गा प्रसाईं लगाएत आफ्ना बिरोधीलाई गाली गर्नका लागि हजारौं नक्कली फेसबुक खाता खोलेको पाईएको छ ।

बैंकले नक्कली फेसबुक अकाउन्ट त खोल्यो तर फेसबुक प्रोफाईलमा फोटो चै कसको राख्ने भन्ने समस्या आयो । अहिले सबैसंग आफ्नै आकाउन्ट छ उनीहरुको फोटो तानेर हालौ भने साईबर क्राईम लाग्छ ! समस्या पर्‍यो । त्यसपछि बैंकका सल्लाहकारले गजबको जुक्ति निकाले, कुकुर, बिराला, मुसा, भैंसी, चरा आदिको फोटो हालेर फेसबुक खोल्ने र त्यसैबाट भटाभट आफ्नो भजन आफैं गाउने अनि ताली बजाउने ।

त्यतिसम्म गर्दापनि बैंकले जनता र ग्राहकको मन जित्न भने सकेन । चाकडीले भरिएका सन्देशमा पनि बैंकको वास्तविकता झल्किने गरि गाली कै बर्षात् हुन थाल्यो । ग्राहाक थुम्थुम्याउन गरिएको बैंकको उक्त प्रयास पनि सफल नभएपछि बैंकले एउटा विभाग नै खडा गरेर हजारौं फेक फेसबुक अकाउन्ट खोल्ने र त्यसबाट बैंक अती अब्बल, बैंकको अवस्था अत्यन्त राम्रो छ, बैंक डुब्ने हल्ला बेकार हो, एनआईसी एशिया बैंकका सबै सूचक अब्बल छन् भन्ने गलत र अफवाहपूर्ण कमेन्ट गर्न थालियो ।

बैंकको वास्तविक वित्तीय अवस्था नहेरी सामाजिक सञ्जालको प्रतिक्रिया हेरेर धारणा बनाउने ग्राहकलाई एनआईसी एशिया बैंकले कुकुर बिराला मार्फत् आफ्ना पक्षमा कमेन्ट् गर्दै आफ्ना कमजोरी सबै लुकाएर नराम्रोसंग झुक्याएको छ ।

 

एनआईसी एशिया बैंकलाई रास्ट्रबैंककै ढाडस

नेपाल रास्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको नियामक निकाय हो । बैंकका काम कामकारवाहीमा निस्पक्ष भएर निरीक्षण गर्ने, निर्देशन दिने, नियमन गर्ने र कार्बाही गर्ने दायित्व रास्ट्र बैंकको हो । तर एनआईसी एशिया बैंकका सन्दर्भमा भने रास्ट्र बैंक नियमभन्दा बाहिर गएर हदैसम्मको लचिलो बन्ने गरेको पाइएको छ ।

केहिदिनअघि बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा त्रुटि भेटिएपछि बैंक धरासायी अवस्थामा पुगेको विषयमा पनि रास्ट्र बैंकले ‘बैंक डुब्दैन’ भन्दै आफ्नो आधिकारिक धारणा दियो । तर बैंक सुपरिवेक्षण विभागले एनआईसी एशिया बैंकको वित्तीय विवरण भन्दै सञ्चार माध्यम मार्फत् सार्वजनिक गरेको विवरण नै एनआइसी एशिया बैंकले सार्वजनिक गरेको विवरणसंग मेल खाँदैन ।

गजबको कुरा त के छ भने बैंक सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल सिइओ रोशन कुमार न्यौपानेका आफन्त हुन् । जसका कारण पनि एनआईसी एशिया बैंकले मनोमानी गर्ने गरेको छ । नातेदार भएकै कारण ढकालले एनआईसी एसिया बैंकलाई हदभन्दा बढी काखी च्याप्ने गरेको बैंक सुपरिवेक्षणकै एक कर्मचारी बताउँछन् । बैंकले रास्ट्र बैंकमा प्रमाणिकरकणका लागि पठाएको वासलातमा निकै छेड्खानी गरेको पाईएपछि कर्मचारीले ‘अर्को बनाएर ल्याउनुस’ भन्दै फिर्ता पठाए ।

दोस्रो पटक पनि ब्यालेन्स सिटमा देखिएको त्रुटी जस्ताको त्यस्तै भएपछि कामै रोकेर बसेका कर्मचारीलाई ढकालले वासलात प्रमाणिकरकण गराउनेदेखि रास्ट्रबैंकसंग संम्बन्धित संम्पूर्ण काम कारवाहि गर्ने जिम्मा लिएका एनआईसी एशिया बैंकका कर्मचारी अर्जुनराज खनियाकै आगाडि झपारेर ‘दुई दिनमा काम सकिदिनु’ भन्दै आफ्नै कर्मचारीको मनोबल गिराउने काम गरेको थिए । उत्त घटना मिडियासंम्म पुगेपछि ढकालले कर्मचारीसमक्ष माफि मागेको थिए ।

एनआईसी एशिया बैंकका नायव प्रमुख सूचना अधिकारी समेत रहेका एजिएम खनिया रास्ट्रबैंक उपल्लो तहदेखि तल्लो तहका कर्मचारीलाई साम दाम दण्डभेद लगाएर मिलाउने र आफ्नो अनुकूल हुनेगरि काम गराउन माहिर कर्मचारीमा मानिन्छन् । खनिया ढकालका निकटतम विश्वासपात्र समेत हुन् ।

त्यसपछि हामीले एनआईसी एशिया बैंक र सिईओ न्यौपानेलाई मात्र किन काखी च्यापिन्छ ? भन्ने प्रश्न ढकाललाई गरेपछि उनले कारवाही गरे झै देखिने गरि सिइओ न्यौपानेलाई ‘नसिहत’ अर्थात् सुध्रिनु भन्ने निर्देशन दिएको नाटकिय कारवाही गरे तर उनको अपराध भने जरिवाना नै गर्ने गरि निलम्बनसम्म गर्नुपर्ने कानुनी व्यवस्था रहेको राष्ट्र बैंककै एक कर्मचारी बताउँछन् । उनी भन्छन्, ‘एनआईसी एशिया बैंकका सिइओले गरेको वित्तीय अपराध अन्य बैंकले गरेको भए नगद जरिवाना नै हुन्थ्यो तर न्यौपानेलाई भने नसिहत दिएर मात्र उन्मुक्ति दिइयो, जुन आफैंमा अर्को अपराध हो’ । किन यसो गरियो हामी आफैं अचम्मित छौ, उनले भने ।

यो पनि…

एनआईसी एसिया बैंकको ठगी धन्दा : १ लाख ३४ हजारको ब्याज सात महिनामै ९६ हजारभन्दा बढी

एनआईसी एशिया बैंकमा कर्मचारीमाथि आतंक : ३ महिनामा ३ पटक सरुवा, जागिर छोड्न बाध्य पार्दै सिइओ न्यौपाने

एनआईसी बैंक छोड्दै नायव प्रमुख सूचना अधिकारी अर्जुन खनिया

खस्किँदाे गतिमा एनआईसी एशिया बैंक : अत्यधिक दबाब बढेपछि डेपुटी सीईओ पाण्डेद्वारा राजीनामा 

एनआइसी एशियाका डेपुटी सीईओ पाण्डेले छाडे बैंक

दुर्गा प्रसाईंको आरोप- सुनसरीबाट बरामद नक्कली नोटमा एनआईसीको ट्याग, के भन्छ बैंक?

सञ्चारकर्मीलाई एनआईसी बैंकको फोन : राम्रो समाचार लेख्दिनु, विज्ञापन दिन्छौं

खुम्चिँदै एनआइसी एशिया : ३० काउण्टर बन्द, १४ अर्बले घट्यो निक्षेप

आत्तिएका बचतकर्ताले पैसा झिक्न थालेपछि एनआइसी एसिया बैंक थप अप्ठेरोमा

खराब कर्जामा डुबेको एनआईसी बैंकको हास्यास्पद जवाफ, भन्छ-‘ऋण असुलीमा हामी उत्कृष्ट छौँ’ 

संकटग्रस्थ एनआईसी बैंकका ५० शाखा बन्द हुने, सेयर भाउ निरन्तर ओरालो

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार १५:५०   :  बजे

6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।