Logo

प्रमुख समाचार

प्रचण्डजी तयार भएको नयाँ यात्रा सुरू हुन्थ्यो : शंकर पोखरेल



काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार बनाउनको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नमानेको खुलासा गरेका छन् ।

कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएपछि पनि माओवादीलाई पनि सरकारमा सहभागी गराउनको लागि आफूहरुले पहल गरेको भएपनि दाहालले अस्विकार गरेको पोखरेलको भनाई छ ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आज (मंगलबार) अनुपम फूडल्याण्डमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो खुलासा गरेका हुन् । उनले कांग्रेस र एमालेको अहिलेको सरकारमा माओवादीपनि मिसिएको भए मुलुकमा नयाँ यात्राको आरम्भ हुने थियो भन्ने धारणा राखे ।

उनले भने,‘प्रचण्डजी तयार भएको भए दुई पार्टीको सहमति तीन पार्टीबीचको सहमतिका रुपमा बदलिन्थ्यो। एउटा नयाँ यात्रा सुरु हुन्थ्यो। त्यो दृष्टिकोणका साथ सहकार्यको आरम्भ गरेका थियौं भन्ने सच्चाइलाई पनि बुझ्नुपर्छ।’

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार २१:५१   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।