Logo

प्रमुख समाचार

मन्त्री पाण्डेको निर्देशन : मन्त्रालयमा अड्किएको फाइल २४ घण्टाभित्र छिनोफानो गर्नु



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमा अड्किएका फाइल २४ घण्टाभित्र अगाडि बढाउन निर्देशन दिएका छन् । आज (बुधबार) संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उनले कुनै पनि फाइल अनावश्यक रुपमा नरोक्न भनेका हुन् ।

मातहतका निकायलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन पनि मन्त्री पाण्डेले निर्देशन दिएका छन् । ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ ? त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला,’– छलफलपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने ।

उनले आगामी असोज महिनाभित्र कार्य प्रगति विवरण पेश गर्न पनि कर्मचारीलाई निर्देशन दिएका छन् । कामको प्राथमिकता निर्धारण गरेर अघि बढ्न पनि मन्त्री पाण्डेले निर्देशन दिएका छन् । इमान्दारी पूर्वक व्यवसायिक धर्म निर्वाह गर्न पनि उनले कर्मचारीहरुलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार ०७:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।