Logo

प्रमुख समाचार

अभिभावक भएर बस्न देउवालाई गच्छदारको सुझाव



काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न सुझाव दिएका छन् ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता गच्छदारले सभापति देउवालाई अभिभावक भएर बस्न र सँगै लडेका नेताहरूलाई सभापति बनाउन सुझाव दिएका हुन् ।

‘सभापति ज्यु अब तपाई अभिभावक भएर बस्नुहोस् र तपाईसँगै पार्टीमा लडेर दुःख गरेको बलबहादुर केसी, बिमलेन्द्र निधि, प्रकाशमान सिंह वा पूर्णबहादुर खडकालाई सभापति बनाउनुहोस्’, गच्छदारको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तपाईंले बनाउनुहुन्छ भने म पनि तयार नै छु ।’

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार ०६:१०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।