Logo

प्रमुख समाचार

०८४ मा पनि निर्वाचनको प्रतिस्पर्धी एमालेनै भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण छ : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले र कांग्रेस प्रतिस्पर्धी दल भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण कार्य भएको बताएका छन् ।

आइतबारको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले क्याम्पसदेखिनै प्रतिस्पर्धी दलभएको विषय सत्तामा गएकाहरूले ख्याल गर्नुपर्ने बताए । उनले ०८४ को निर्वाचनको प्रतिस्पर्धी पनि एमालेनै भएको बताए ।

‘ओली सरकारलाई सफल बनाउनु छ । सभापति प्रधानमन्त्री बनेपछि पनि सफल बनाउनु छ । ०८४ मा एमालेसँग चुनाव लडेर फेरि जितेर आउनु छ । पार्टीको आइडेटीटी पनि जोगाउनु पर्ने छ ‚’ उनले भने ।

उनले संविधान संशोधन हुन्छ कि हुँदैन भन्नेमा आफू जानकार नभएपनि देश संविधान संशोधनको बहसमा प्रवेश गरेको बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।