काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्ने भएको छ । लामो समयदेखि पार्टी फुटाउने तयारीमा रहेका सांसदहरुले अब भने एक साताभित्रै पार्टी विभाजन गर्नेगरि तयारी गरेको सो पार्टीनिकट उच्च स्रोतको दाबी छ । दुई जना पदाधिकारीले पार्टी विभाजनको नेतृत्व गरेको जनाईएको छ ।
अहिले सो दलबाट प्रतिनिधिसभामा १० जना सांसद छन् । पार्टी विभाजनको पक्षमा ६ जना सांसद उभिएको बताईएको छ । पार्टी विभाजनको नेतृत्व गर्ने सांसदहरुमा भने कृष्णकुमार श्रेष्ठ र प्रेम आले अग्रभागमा छन् । श्रेष्ठ र आलेले त पार्टीका पछिल्ला महत्वपूर्ण बैठकहरु नै बहिष्कार गर्दै आएका छन् ।
आले त पार्टीको महाधिवेशन भैरहेको बेला देश छोडेर हिँडेका थिए । पार्टी विभाजन गरेकाहरु तत्कालै एमालेमा समाहित हुने बुझिएको छ । करिब १५० जना केन्द्रीय सदस्यहरु पार्टी विभाजनको पक्षमा उभिएको पार्टी विभाजनको लागि सक्रिय भूमिका खेलिरहेका ती सांसदले जानकारी दिए ।
के तपाईहरुको पार्टी फुटको संघारमा पुगेको हो ? भन्ने अनलाइनपाना डटकमको प्रश्नमा बारा क्षेत्र न ४ का सांसद किसान श्रेष्ठले भने पार्टी फुटको कुरात थाहा भएन तर मधेश प्रदेशको बारा जिल्ला मधेशीमुलका एक जना पनि केन्द्रीय कमिटीमा कोही पुरुष नपरेको हुनाले म मधेश निर्वाचित सांसद भएको नाताले महाधिवेशन हलको म्यान्डेड र महाधिवेशन प्रतिनीधिको म्यान्डेडले अध्यक्ष, महासचिव र संम्मानीत नेता सर्वसंम्मत गर्ने अरु पधाधिकारी सहित सबै केन्द्रीय सदस्यहरु निर्वाचनबाट गर्ने भन्ने म्यान्डेड हो तर त्यो म्यान्डेडको विपरीत नेताहरुले खल्तीबाट निकालेर ३४४ जनाको केन्द्रीय कमिटि बनाइयो त्यसमा मेरो पूर्ण असहमति छ ।
आज म कुनै पनि पदाधिकारीमा चुनाव उठीन अहिले पार्टी फोड्ने यो गर्ने कुरै छैन् । आक्षेप अनेक लाग्छन् तर पार्टी भित्रबाट जा की जा भने भने कहि न कहि त जानुपर्ला जनतासंग सोधेर । जनतासंग सोध्छु बारा ४ का जनतासंग या का पार्टीका नेता कार्यकर्ता संग सल्लाह गर्छ जनातको फैसला मान्छु ।




















प्रतिक्रिया