काठमाडौं । २०८१ जेठ ३ गते बिहीबार प्रतिनिधिसभामा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै वेल घेराउ गर्दैै थियो ।
सदनको कारबाही अघि बढ्नासाथ कांग्रेसका सांसदहरुले लगातार जारी राखेको वेल घेराउलाई पनि अघि बढाए ।
कांग्रेस वेलमा नाराबाजी गरिरहेकै बेला सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाउन लागे । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल, प्रमुख प्रतिपक्षका सांसदहरुले वेल घेराउ गर्दा पनि सभामुखले पूरै बेवास्ता गरे । कांग्रेसलाई विपक्षमा रहेका राप्रपा, लोसपा र जनमत पार्टीले पनि साथ दिए । उनीहरु पनि आफ्नो सिटमा उठेर विरोध जारी राखे ।
त्यहीबेला सभामुखले तत्कालीन गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिए । कांग्रेसले वेल घेराउ गरेका कारण गृहमन्त्री अघि बढ्न पाएनन् । सत्ता पक्षको बेन्चमा बसेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिवादमा उत्रिए ।




















प्रतिक्रिया