काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बाल हिंसाको आरोप लगाइरहेका लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिन अस्वीकार गरेको छ ।
स्रोतका अनुसारको काठमाडौं प्रहरी परिसरले रेखा शर्मालाई अनुसन्धान गर्न भन्दै दुईपटक जिल्ला अदालत काठमाडौं पुगेको थियो । ‘तर पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने मनासिब आधार र कारण नदेखिएको’ भन्दै अदालतले पक्राउ पुर्जी जारी गर्न मानेन ।
बालेनले शर्मालाई एमालेले जोगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को आलोचना गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाले शर्माको घरमा काम गर्न राखिएकी बालिकालाई श्रममा लगाइएको र हिंसा भइरहेको दाबी गर्दै उद्धार गरेको थियो ।




















प्रतिक्रिया