Logo

प्रमुख समाचार

उपसभापति अर्यालको चेतावनी : सरकारले मिडिया ट्रयायल नगरोस्



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेको विषयमा सरकारले मिडिया ट्रायल बन्द गर्न चेतावनी दिएका छन् ।

आइतबार राति सञ्चारकर्मीहरूसँग पार्टी कार्यालयमा कुरा गर्दै उनले सरकारले मिडिया ट्रयाल गरेर गलत गरिरहेको बताए । ‘मिडिया ट्रयाल गरेर सरकारले गलत काम नगरोस्‚’ उनले भने ।

चीन गएका नेतालाई रास्वपाले बोलायो फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिन गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि केन्द्रीय पार्टी कार्यालयमा भेला भएका रास्वपाका नेताहरूको छलफलले चिन भ्रमणमा गएका आफ्ना नेतालाई फिर्ता बोलाएको हो ।

चिन भ्रमणमा गएका नेताहरुलाई फिर्ता बोलाइएको रास्वपाका नेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।

पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका हुन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–१६ स्थित वनस्थलीमा पार्टी कार्यकर्ता भेला भएका छन् । छविलालको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लैजान लागिएको हो ।

गोर्खा मिडियाका अध्यक्ष गितेद्रबावु राईविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार २१:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।