Logo

प्रमुख समाचार

छविले बयानमा रविको नाम मुछेको भन्ने समाचार निराधार: कास्की प्रहरी



काठमाडौं । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीको बयान भनेर मिडियामा आएका कुरा हल्लामात्र भएको प्रहरीले बताएको छ ।

कास्की प्रहरीका एक अधिकारीले बयान प्रारम्भिक चरणमै रहेको बताए । तर, रविकै योजनामा सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याइएको भनेर बुधबार केही मिडियामा समाचार आएका छन् । मंगलबार साँझ रविले फेसबुक लाइभमा छविलाई समातेर सरकारले आफूविरुद्ध बयान गर्न लगाएर पक्राउ गर्न सक्ने आशंका गरेका थिए ।

‘बयान लिने काम प्रारम्भिक चरणमै छ तर प्रमाणित बयान जसरी मिडियामा आयो । हामी पनि छक्क पर्‍यौं’, कास्की प्रहरी स्रोतले भन्यो । ती अधिकारीले प्रारम्भिक रूपमा छविले रविविरुद्ध कुनै आरोप-प्रत्यारोप नगरेको बताए । ‘उहाँले संसदीय समितिमा जे बोल्नु भएको थियो लगभग त्यस्तै कुराहरू आइरहेका छन्’, ती अधिकारीले भने ।

संसदीय विशेष छानबिन समितिको सिफारिसपछि सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले तीन दिनअघि गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार ०६:००   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।