Logo

प्रमुख समाचार

कांग्रेस-एमाले सरकारसँग जनताको असीमित आकांक्षा, अस्थिर राजनीतिको गोलचक्करले अन्योल कायमै



काठमाडौं । जनता मतदान गरेपछि पाँच वर्ष ढुक्क भएर बस्न चाहन्छन् । देश र जनताका अपेक्षा जनमतबाट निर्मित सरकारले पूरा गर्न तल्लीन रहनु पर्दछ ।

नेपालमा तीन तहको सरकार छ । फरक-फरक दलको सरकार बन्न र संघमा गठबन्धन गर्नु पर्ने अवस्था संवैधानिक व्यवस्थाकै उपज हो । प्रदेश पनि यसबाट अछुतो रहेको छैन । आम जनता दलको झै झवडा र बबाल हेर्न चाहँदैनन् । स्थिरता, विकास, समृद्धि र रोजगारीको अवसर मात्र हैन ग्यारेण्टी समेत खोजेका छन् ।

सधै राजनीतिक किचलोभन्दा स्थिर सरकार तर्फ जनता जोड दिन्छन् । सामानुपातिक निर्वाचन प्रणालीले गर्दा राजनीतिक गडबडी उत्पन्न हुने गरेको छ। यसका साथै दक्षिण छिमेकीले आफू अनुकूल हिड्ने सरकार खोज्दा समस्या झन बल्झिने गर्दछ ।

नेपालको सरकारसँग साउथ ब्लकले गर्ने डिलिङ्ग अनुसार राजनीति परिचालित भई दिदा उत्पात मच्चिनु अस्वभाविक होइन । भारत गएको बेला हाम्रो शासकसँग दक्षिण वा अन्य मुलुकले गर्ने व्यवहार एवं नीतिले राजनीति आंकलन गर्ने चलन तथा यथार्थ चित्रणले सबैलाई पिरोल्ने स्वाभाविक छ ।

यता उता प्रतिपक्षीबीच प्रायः दिन विराएर हरेक फोरम वा मञ्चमा आरोप प्रत्यारोपले राजनीति दूषित बन्दै गएको छ । शासनको जिम्मेवारी लिएपछि शासक जनता मैत्री र विपक्षी आफ्नो दायित्व इमान्दारीपूर्वक निर्वाह गर्न चुक्नु हुन्न ।

शासक प्रति विपक्षी आक्रमक बनेपछि, सत्ताधारीहरु त्यसको प्रतिरोधमै समय खेर फाल्ने छन् । यसका प्रचण्ड र ओलीको व्यवहार जिम्मेवार छन् । शासक आफ्नो दोष नभएको बताउँदै रहँदा विपक्षीले खोट निकाल्न अनेक नुक्सा प्रयोग गरेपछि विवाद हुनु यसमा समय बर्बाद हुनु राम्रो छैन ।

देश बनाउने जिम्मा सत्ताधारी र विपक्षी दुबैको भएकोले अब मिलेर सहकार्य गर्न पर्ने अवस्था छ । सरकारमा जाने कुरा बहुमत जुटे लगत्तै जाने हो बह्मत नपुगे सन्तोष गर्ने हो ।

विपक्षी नेता प्रचण्डले वर्तमान सरकार बिचौलियाले निर्माण गरेको आरोप लगाएका छन्। जनयुद्ध शब्दलाई लिएर संसदमा उत्पन्न भनाभनको परिणाम समय बाँकी छँदै संसद बन्द गर्नु पर्ने कार्य कसको हितमा भयो आफै अनुमान लगाउन गाह्रो नहोला ।

“७ वर्षे हिंसा” र “जनयुद्ध” शब्द बीचको टक्करले संसद नै अवरुद्ध भइरहँदा बन्द गर्नु पर्ने स्थिति दुःखदायी छ ।

यौटा दल सत्ता संचालनमा अर्को सत्ताबाट हटेको हैंग नहट्दासम्म झगडाका अवस्था उत्पन्न गर्नु भन्दा रचनात्मक सहयोग गरी जनताले दिएको जिम्मेवारी निर्वाह गर्न दलहरु लागे यस्तो भै झगडाको स्थिति श्रृजना हुने छैन। कांग्रेस-एमाले सरकारसँग जनताको असीमित आकांक्षा रहेको छ । आम जनता दलहरुको लफडा र झगडाले निराश बनेका छन् ।

यौटा सरकार बनाउने अर्को ढाल्न योजना बनाउने खेलको पछाडि विदेशी रिङ्ग माष्टर समेत हावी भै दिंदा अस्थिर राजनीतिको गोल चक्कर अगाडि आउने गर्दछ र यसबाट अन्योल कायम भइरहन्छ ।

आमजनता विकास र समृद्धि खोजिरहँदा एउटा दलको नेताले पटक-पटक प्रधानमन्त्री बन्न लालायित हुँदा बाँचुञ्जेल नेतृत्व सम्हाल्ने मनोकांक्षा जागृत हुन्छ । यसबाट स्वयं उसैको दलमा युवा पुस्ता आफ्नो भविष्य खोज्दै हवामा पौडी खेल्दै आएका छन् । पौडी पानीमा खेलेको सार्थक हुन्छ ।

मानिसलाई पटक-पटक प्रधानमन्त्री बन्ने आकांक्षाले त्यस्ता व्यक्तिलाई गलत दिशातर्फ जान प्रेरित गर्ने गर्दछ । आलोपालो व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका संचालन गर्ने कार्यबाट गलत नजिर बस्न सब्ने अवस्था छ ।

गाउँमा जनता बोल्दैन शहरमा भने विद्रोहको तयारी गर्छन् । अवस्था यही रहे विद्रोही जनताले उत्पात मचाउन बेर छैन । वास्तवमा सत्ता यस्तो मोह हो जसलाई चाट्ने लालसा सबैलाई हुन्छ । तर अवसर सबैले यसमा पाउँदैनन् ।

सत्ता हातबाट फुत्केपछि ३२ को जादू पनि गोल भएको छ, माओवादी केन्द्रको नेतामा छटपटी बढेको पाईन्छ । आवश्यक राजनीतिक अडकलबाजी र सरकार गिराउने खेलले दूषित राजनीति पलाउने कुरा हामी सबैले बुझी राख्नु जरुरी हुन्छ।

यता देश, जनता र सरकारको अवस्था हेरी प्रधानमन्त्री के.पी. शर्मा ओलीले रम्रो काम गर्न नसकेका मन्त्रीहरु दशैंपछि फेर्ने तयारी गर्दै छन् । आफ्ना राजनीतिक शत्रुलाई विभिन्न काण्ड उजागर गरी भ्यास गर्ने खेल जारी छ । जनता मूकदर्शक बनेको देखिन्छ ।

राष्ट्रिय चाड नजिकिदै गर्दा आम जनता महंगीको कुण्डमा डुब्न लागेको अवस्था र गरिबीको चक्रमा पिल्सिने कारण कहिलेसम्म रही रहने । जनअसन्तुष्टि भित्र भित्रै उम्लिरहेकोले होस् गर्नु जरुरी छ । सरकार मात्र गठन गरी मन्त्री बनाउने खेल सरकार गठनको सुखद खेल होइन ।

जनतामा पहुँच पुयाएर सत्ता सम्हाल्ने कमाण्डरले जनताको आकांक्षा पूरा गर्ने तल्लीन हुनै पर्दछ, अपर्ण साप्ताहिकमा खबर छ ।

अनि मात्र विकृत राजनीतिक र चालबाजीपूर्ण ठगीको अन्त्य हुनेछ । राहत र उद्धार वर्ष र बाढीमा जे जस्तो दुःख दिए अहिले अवस्था फेरिएकोले सरकार आफ्नो लक्ष्यमा टेकेर विकास कार्यमा जुटनु पर्दछ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार ०७:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।