काठमाडौँ । राजसंस्था पुनःस्थापनाका लागि कमाण्डर बनेका दुर्गा प्रसाईले आफूलाई नजरबन्द गर्न योजना बुनिरहेको आरोप लगाएका छन् । बिहीबार उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ म डराउँदिन, भाग्नेछैन, बिचलित हुनेछैन तपाईहरु पनी उर्जावान भएर यो आन्दोलनमा सहभागीताका लागी सादर अनुरोध गर्दछु ।‘
नेपालीहरू अभिभावकविहिन भएको उनले बताएका छन् । प्रसाईले चुप लागेर बस्ने दिन नभएको, नेपाललाई गौरवपुर्ण नेपाल बनाउन, राजसंस्था सहित सनातन धर्म सापेक्ष मुलुक निर्माणको अभियानमा लाग्न सबैलाई अनुरोध गरेका छन् ।
बृहत नागरिक बिद्रोहको बिगुल फुक्ने दिन भोली चैत्र १५ गते तिनकुने चौरमा सबैलाई निमन्त्रणा पनि गरेका छन् ।




















प्रतिक्रिया