काठमाडौं । समय आएपछि सबै तिरबाट टिका टिप्पणी हुन्छ । नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नु पर्ने बाध्यता आएको छ । यो देशको राजनीति स्वार्थमा केन्द्रीत छ यो त्यो भन्ने छैन ।
जनताको हितमा नेकपा एमाले र नेपाली कांग्रेसले केही गरेनन् भन्ने नेकपा माओवादी केन्द्रले केही नापेन । प्रधानमन्त्री ओलीको विकल्प खोजेका नेता धेरै छन् ।
संसदलाई वाईपास गरेर स्वार्थ स्वार्थमा मिल्दा उनले संसदलाई बाईपास गरेर दई तिहाईको हैसियत देखाए । दुई तिहाई कानून विपरित जानु हो ?
किन पदाधिकारीहरुको त्यहा मूल्य छैन । किन सामुहिकता लत्याईयो । आज भारतले प्रम ओलीलाई पत्याएन किन ?
उनको अहंकार देशको व्यवस्था माथि चलाएको निरंकुशता नै प्रमाण हुन् । वामपन्थी खेदेर देश कता पुग्यो लोकतन्त्रको गरिमा कति बच्यो ।
पूर्वराजा किन कसको आडमा चम्किए ? यो रहस्यमय तरेली हुन् । आवश्यकताले पहिचान दर्शाउँछ । समयले बाध्यतालाई केलाउँछ ।
यो आजको आवश्यकता बन्दैछ । त्यहाँ एमाले हाँक्ने केपी मात्र छैनन् । भारतीय ऐजेरु शंकर छन् ।
ईश्वरलाई त केपीले मान्दैनन विद्या आइन भने पनि तिनकै हाउगुजी चल्ला तर यीबाट विभाजित वामपन्थी एक हँदैनन् ।
कानूनले प्रमलाई त्यो अधिकार यही दिन्थ्यो कि दिँदैनथ्यो ख्याल भएन । जग्गा पार्टीको हो अध्यक्ष देशकै प्रम छन् ।
एमालेमा अरु पनि नेता थिए । राजश्व नतिर्नेसँग पार्टीले जग्गा दान लिनु नै कानून सम्वत थिएन । लिए पनि अरु नेताको हातबाट लिनु पर्थ्यो ।
स्वार्थ बाझिएका चरित्रहरु सरकारमा किन पठाईन्छ ? गुटको हितमा पार्टी किन प्रयोग हुन्छ । आजको स्थिति भोली हुँदैन ।
एमाले हिजो जसरी हाईहाई थियो आज छैन । किनकि खुलम खुला लूट त्यहाँ छ । देशको आर्थिक स्थिति कमजोर छ ।
एमाले र कांग्रेसका नेताको उन्नति बढी छ । भ्रष्टाचार बिना कसरी जोडियो बालकोट दरवार ? कसलाई थाहा छैन यिनको विगत ।
त्यही कारण एमालेमा ओलीको विकल्प खोजिएको हो । विद्यालाई वैकल्पिक नेता मानिदैछ ।
सहयात्रीलाई डस्ने आफै भित्रका कमी कमजोरीलाई हटाउने प्रश्न गर्दा कोही निष्कासन कोही कारवाहीमा पर्ने भए पछि विकल्प खोज्नु समयको बाध्यता हो।
अब ओलीबाट एमाले बलियो शक्ति बन्दैन भन्ने छर्लङ्ग भयो ।
क्रान्तिकारीका चर्का कुरा
आफूलाई माओवादी केन्द्रको सुप्रिमो भन्न नछाड्ने पुष्पकमल दाहालको कपटी जालले देश आगोको मुस्लोमा दन्कने तिर लागेको छ ।
जिम्मेवार पार्टी प्रमुखले कहाँ के बोल्ने ख्याल नगर्दा देशको इन्दको ज्वालामा दन्कने देखिदैछ ।
आफ्नो नेतृत्वमा तत्काल सरकार बन्न नसक्ने बुझेका दाहालले शेरबहादुर देउवा तिर सत्ताको पासो फालेका छन् ।
केही दिन यता सत्ता परिवर्तन हुँदैछ भन्ने बेतोडको हल्लाले राजनीतिको बजार गर्माएको छ ।
मुलुकको शासकीय स्वरुप भ्रष्टतन्त्रबाट ग्रस्त हुँदै आएको छ ।
जुनसुकै सरकारलाई जनताको भन्दा माफिया करणमा केन्द्रित हुने स्थितिले सरकार नेतृत्व गर्न खोज्ने नेताहरुमा लाज नभएपछि कपडाको अर्थ हुन्न भने जस्तै सिद्धान्त बिनाको सत्ताको कुनै अर्थ हुँदैन भन्ने छर्लङ्ग भएको छ ।
आफू विगतमा तीन पटक प्रधानमन्त्री हुँदा माखो नमार्ने दाहालका निम्ति तत्काल सिंहदरवारको सत्ता बिरानो बनेको छ ।
विगतमा उनी प्रधानमन्त्री हुँदा जनता तिर फर्कने फुर्सद भएन, कांग्रेसका रामचन्द्रलाई राष्ट्रपति बनाउने र कांग्रेससँग मिलेर सत्ता लम्ब्याउने, भाईलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन राता-रात बालकोट पुग्ने र कांग्रेसलाई थाङ्नामा सुताउने प्रचण्ड आफै कांग्रेस-एमालेले ओछ्याएको थाङ्नामा सुत्न पुगे पछि आफ्नो लुटको साम्राज्यलाई सम्झेर प्रचण्डमा बढ्दै गएको छटपटी र औडाहा देख्न सकिन्छ उनकै सहयोगीहरु भन्छन् ।
सत्ता नेतृत्वमा हुँदा उनले माफिया खुशी पार्न, आफ्नै पार्टीका सुन तस्कर आरोपित नेता-यौन लम्पट कृष्णबहादुर महरालाई जोगाउन गरेका निर्णय कति देश घाती छन् आम नगारिकले बुझेको विषय मानिदैछ ।
विगतमा नीतिगत लुटमा दाहाल पनि नमुछिएका होइनन् । सरकारी पद तथा सम्मानका लागि कुनै कानूनी व्यवधान भए हटाएर जनयुद्ध लडेको दावी गर्ने प्रचण्डहरु १६ वर्ष दुनियाँका धनाढ्य व्यक्ति भएका खबर चर्चामा उल्लेख छ ।
युद्ध लडेकाहरु गर्व साथ आफूलाई भन्न रुचाउनेहरु मौका पाउँदा कसरी सुन तस्कर, रक्त चन्दन तस्करहरुको मात्र काम गरेर पुगेन सरकारी कागजात कीर्ते गर्ने क्रान्तिकारी हुन भन्ने लुक्न सकेन ।
बोल्न चर्को व्यवहार लुटाहा प्रवृत्तिका नेता पनि अब थन्कनु पर्ने अवस्था आए पछि बल्ल अध्यक्ष प्रचण्डलाई सत्ताको कर्सी गुमेकोमा छटपटी र औडाहा बढेको पछिल्ला उनका अभिव्यक्तिले बताउँछ जानकारहरु बताउँछन् ।
उनले फालेको सत्ताको पासोमा देउवा फसी हाल्ने अवस्था भने देखिन्न राजनीतिक विश्लेषकहरु भन्छन् ।




















प्रतिक्रिया