Logo

अर्थ

रिलायबल नेपाल लाइफको बोनस सेयर घोषणा



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हाे ।

कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर तिर्न) घोषणा गरेको हो ।

उक्त लाभांश नियामक बिमा प्राधिकरण र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ११:२१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।