Logo

इन्स्योरेन्स

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब डेड लाख कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कुल १ लाख ४८ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौँमा निवेदन दिनुपर्नेछ ।

साथै, निर्धारित समयभित्र संस्थापक शेयर धनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार ०९:०४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।