Logo

अर्थ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन-फ्रन्टलाइन हस्पिटलबीच सम्झौता



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन फ्रन्टलाइन हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबल कलेज अफ हेल्थ एजुकेशन फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नोबल कलेज अफ हेल्थ एजुकेशन फ्रन्टलाइन हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिनेछ ।

साथै, सोही अवसरमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले हस्पिटलले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

सोही अवसरमा क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले अस्पतालसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि हुँदै गएको बताए । कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १५:२९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।