Logo

अर्थ

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३५ करोड २ लाख



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विववरण अनुसार कम्पनीको खुद नाफा १.४५ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आवको असार मसान्तसम्म ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी अघिल्लो वर्ष कम्पनीले ९ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत वर्ष २२.८३ प्रतिशतको वृद्धि सहित ११ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी १२ अर्ब ६६ करोड रुपैयाँबाट बढेर १५ अर्ब १३ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि १२ अर्ब ७ करोड रुपैयाँबाट बढेर १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष कम्पनीले आफ्ना अभिकर्तामा ८७ करोड ३ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष १७.५२ प्रतिशतको वृद्धि सहित १ अर्ब २ करोड २८ लाख रुपैयाँ खर्चिएको वित्तीय विवरणले देखाएको छ ।

गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २५.५० प्रतिशतले बढेर ४२ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ३३ अर्ब ७१ करोड रुपैयाँ थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १० पैसाले बढेर ६.९९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२६.८५ रुपैयाँ रहेको छ । चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहको कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १४:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।