Logo

अर्थ

सानिमा जीआईसीको नाफा ३५ करोड ३ लाख, प्रतिसेयर आम्दानी १६.३० रुपैयाँ



काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको यसै अवधिमा ३१ करोड ८१ लाख रुपैयाँ कमाएको थियाे । कम्पनीकाे नाफा  १०.१३ प्रतिशत बढी हो ।

त्यसैगरी गत आवमा कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको हो । अघिल्लो आवमा कमाएको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १.३३ प्रतिशतले बीमाशुल्क आर्जन बढेको छ ।

कम्पनीको बीमाकोष अघिल्लो वर्ष ३ अर्ब ३० करोड रुपैयाँ रहेकोमा गत वर्ष २२.२९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड रुपैयाँ नाघेको छ ।

गत वर्ष कम्पनीको कुल आम्दानी १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुग्दा कुल खर्च भने ९९ करोड ६७ लाख रुपैयाँबाट घटेर ९७ करोड ६३ लाख रुपैयाँमा झरेको छ । समिक्षा अवधिमा अघिल्लो वर्ष कम्पनीले अभिकर्ता कमिसनमा ३ करोड ७२ लाख रुपैयाँ रहेकोमा गत वर्ष भने ४ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ ।

त्यसैगरी, यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुग्दा प्रतिसेयर नेटवर्थ १५२.१२ रुपैयाँ कायम भएको छ । चुक्ता पूँजी २ अर्ब १५ करोड रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख, जगेडा कोषमा १८ करोड ३२ लाख र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १४:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।