Logo

अर्थ

हिमालयन रिइन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ८.६ प्रतिशत बढेको छ ।सार्वजनिक पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा सो दरले बढेको हो ।

चालु आवको पहिलो त्रैमासिक अवधिमा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा २२ करोड ६३ लाख रुपैयाँ थियो ।

लगानीवापतको आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ३१ करोड २१ लाख रुपैयाँ रहेकोमा अहिले २३ करोड ३९ लाख रुपैयाँ छ । १० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी ९९ करोड ८१ लाख रुपैयाँ छ । त्यस्तै विपत्ति कोषमा २१ करोड ४५ लाख रुपैयाँ छ ।

नाफा बढ्दा वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ८.७१ रुपैयाँ रहेकोमा अहिले ९.०५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १५४.९८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १०:३३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।