काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षमा बैंकको नाफा १२.२४ प्रतिशतले बढेको हो ।
बैंकले बक्यौता ब्याजको लागि नियामकीय जगेडा कोषमा ११ करोड १२ लाख रुपैयाँ छुट्याएको छ । बैंकको वितरणयोग्य नाफा ९३ करोड ६४ लाख रुपैयाँबाट बढेर ९८ करोड २० लाख रुपैयाँ पुगेको छ ।
बैंकले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको छ । जसको लाभांशका लागि ७ करोड ५५ लाख रुपैयाा छुट्याँदा बैंकको लाभांश क्षमता ७.५१ प्रतिशत छ ।
बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद फि तथा कमीसन आम्दानी पनि १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुग्दा नेट ट्रेडिङ आम्दानी ३३ करोड २२ लाखबाट बढेर ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ । जसले बैंकको कुुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ७ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा सामान्य बढेर ३.९६ प्रतिशतबाट ३.९८ प्रतिशत पुगेको छ । बैंकको कर्जा नोक्सानी व्यवस्था पनि ५५ करोड ६७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४७ करोड ८३ लाख रुपैयाँ कर्जा अपलेखन गरेको बैंकले गत आबमा पनि ११ करोड ५८ लाख रुपैयाँ कर्जा अपलेखन गरेको छ ।
१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८९ प्रसाबाट बढेर १७ रुपैयाँ ८९ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा पुगेको छ । जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ छ ।
पूँजीकोष अनुपात १३.२१ प्रतिशत र प्राथमिक पूँजीकोष अनुपात १०.०४ प्रतिशत छ । बैंकको आधार दर ५.०४ प्रतिशतमा झरेको छ । त्यस्तै स्प्रेड दर ३.७९ प्रतिशतबाट ३.४८ प्रतिशतमा झरेको छ । बैंकको निक्षेप १ खर्ब ८४ अर्ब १७ कोड ६० लाख रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।















प्रतिक्रिया