Logo

बैंकिङ

राहत कोषमा मोबाइल बैंकिङ एपमार्फत सिधै भुक्तानी व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एपमार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै क्यूआर वा अन्तर बैंक फन्ड ट्रान्फरका अलवा सिधै रकमान्तर गर्ने व्यवस्था गर्न भनेको हो । हाल राहत कोष खातामा मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरी वा अन्तरबैंक फन्ड ट्रान्सफर गरी रकमान्तर गर्ने व्यवस्था रहेको छ ।

अबदेखि भने बैंक तथा वित्तीय संस्थाले एपमार्फत नै सोझै रकम प्रविष्ट हुनेगरी तोकिएका खातामा रकम जम्मा हुने छुट्टै विकल्पको समेत व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १७:२७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।