Logo

कर्पोरेट फोकस

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा



काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आज बसेको ५६४ औं बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा, १९३ एटिएम मार्फत १८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार १७:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।