Logo

अर्थ

साझा यातायातको डिजिटल टिकटिब प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य



काठमाडौं। नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्य अनुरूप साझा यातायात (सहकारी संस्था लिमिटेड)ले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने पहल अघि बढाएको छ।

यसै अभियानअन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB)ले साझा यातायातको डिजिटल टिकटिङ प्रणालीको Payment Partner Bank का रूपमा सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत यात्रुहरूले डिजिटल माध्यमबाट सहज, सुरक्षित तथा पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था विकास गर्न बैंकले सहजीकरण गर्नेछ।

यस ट्रान्जिट टिकटिङ प्रणाली अन्तर्गत अब साझा बसका यात्रुहरूको टिकट जारी गर्न बैंकको POS मेसिनहरू प्रयोग गरिनेछ, जसले कार्ड तथा डिजिटल माध्यमबाट सहज, सुरक्षित र सुविधाजनक भुक्तानी गर्न सकिनेछ। साझा यातायातले डिजिटल रूपान्तरण अन्तर्गत आधुनिक कमाण्ड र कन्ट्रोल सेन्टर तथा अन्य प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

डिजिटल टिकटिङ प्रणाली मार्फत नगदरहित यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ, जसमा विभिन्न डिजिटल भुक्तानी माध्यमलाई समेट्ने व्यवस्था गरिएको छ। बैंकका लागि सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने तथा सुरक्षित र सहज डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने यो सहकार्य महत्वपूर्ण पहल हो।

बैंकले आफ्नो डिजिटल भुक्तानीसम्बन्धी पूर्वाधार तथा सेवामार्फत साझा यातायातका यात्रुहरूलाई थप सहज भुक्तानी अनुभव प्रदान गर्न सहकार्य गर्नेछ। यस सहकार्यले सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग विस्तार, नगदरहित कारोबारको प्रवद्र्धन, भुक्तानी प्रक्रियामा पारदर्शिता तथा यात्रु सेवाको आधुनिकीकरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार १७:४१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।