Logo

शेयर बजार

तीन कम्पनीको १ करोड ३८ लाख ७७ हजार कित्ता शेयर नेप्सेमा थपियो



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन वटा कम्पनीको बोनस शेयर सुचिकृत गरेको छ । नेप्सेले शुक्रबार एनएमबी बैंक, बुटवल पावर कम्पनी र सिटिजन्स बैंकको कुल १ करोड ३८ लाख ७७ हजार ७५ दशमलब ९५ कित्ता बोनस शेयर सुचिकृत गरेको हो ।

सुचिकृत भएको शेयर मध्ये एनएमबी बैंकको ८७ लाख ४३ हजार ७ सय ८४ दशमलव २२ कित्ता, बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८ सय ३४ कित्ता र सिटिजन्स बैंकको २९ लाख १४ हजार ४ सय ५७ दशमलव ७३ कित्ता रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।