Logo

सूचना/प्रविधि

सूर्तिजन्य पदार्थको विज्ञापन गर्नेलाई कडा कारबाहीको चेतावनी



कानुनत सूर्तिजन्य पदार्थको प्रचारप्रसार गर्न मनाही छ । जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा ‘मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थ लगायत मानवस्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन,’ भनिएको छ ।

तर होर्डिङ बोर्ड मात्र नभई कतिपय नेपाली सञ्चारमाध्यमले पनि मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन गरिरहेका हुन्छन्।

बोर्डका प्रशासकीय अधिकृत दिलीपकुमार महर्जनद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अन्यथा कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

विज्ञापन बोर्डले मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन नगर्न तथा होर्डिङबोर्ड हटाउन समेत कडा चेतावनी दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार ११:३२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।