माघमा सबै दूरसञ्चार कम्पनीहरुले आफ्नो फोरजी ग्राहक थपेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस रिपोर्ट अनुसार एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमले फोरजी ग्राहक थपेका हुन्।
निजी क्षेत्रको ठूलो सेवाप्रदायक एनसेलले सबैभन्दा बढी फोरजी ग्राहक थपेको छ। पुसको तुलनामा माघमा एनसेलले दुई लाख ३९ हजार ७ सय ९७ नयाँ ग्राहक थपेको छ। माघमा एनसेलको फोरजी ग्राहक संख्या ४३ लाख २५ हजार ९३६ पुगेको छ ।
नेपाल टेलिकमले पनि फोरजी ग्राहक आक्रमक रुपमा थप गरेको छ । माघमा एक लाख ६१ हजार ४६८ ग्राहक थपेर टेलिकमले २५ लाख ४४ हजार ७२४ पुर्याएको छ ।
यस्तै, स्मार्ट टेलिकमले पनि फोरजी ग्राहक संख्या थपेको छ। पुसमा दुई लाख १९ हजार ७०८ ग्राहक रहेको स्मार्टसँग माघमा दुई लाख २२ हजार १४५ पुगेको प्राधिकरणले जनाएको छ ।
माघमा थ्रीजी ग्राहकहरु टेलिकमको बढी छ। टेलिकमका थ्रीजी ग्राहक ८८ लाख ६० हजार ३२२ र एनसेलको २४ लाख ९१ हजार ६५३ रहेको प्राधिकरणले जनाएको छ ।





















प्रतिक्रिया