नबिल बैंकले ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशत को आकर्षक ब्याजदरमा दिने भएको छ । नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट यो सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने भएको बैंकले जनाएको छ ।
आगामी दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । नबिल बैंक यो बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । हाल बैंकले देशभरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरुमार्फत सेवाप्रवाह गर्दै आएको छ ।
१२ आश्विन २०७७, सोमबार १३:२१



















प्रतिक्रिया