काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो बार्षिक साधारण सभा भोली पौष २६ गते सोमबार हुँदैछ । सभा सिबिफिनको कार्यालय सुन्धारामा हुने सिविफिनका महानिर्देशक गोपालप्रसाद तिवारीले जानकारी दिएका छन् ।
साधारण सभामा अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यता रहने बताइएको छ । साधारण सभाको अवसरमा सिबिफिनको नवनिर्मित कार्यालय समेत अर्थमन्त्रीबाट नै उद्घाटन गर्न लागिएको महानिर्देशक तिवारीले बताएका छन् ।
त्यसैगरी उनले साधारण सभा विहान ९ः४५ बजेबाट सुरू हुने बताएका छन् ।





















प्रतिक्रिया