Logo

अर्थ

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो साधारण सभा सोमबार



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो बार्षिक साधारण सभा भोली पौष २६ गते सोमबार हुँदैछ । सभा सिबिफिनको कार्यालय सुन्धारामा हुने सिविफिनका महानिर्देशक गोपालप्रसाद तिवारीले जानकारी दिएका छन् ।

साधारण सभामा अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यता रहने बताइएको छ । साधारण सभाको अवसरमा सिबिफिनको नवनिर्मित कार्यालय समेत अर्थमन्त्रीबाट नै उद्घाटन गर्न लागिएको महानिर्देशक तिवारीले बताएका छन् ।

त्यसैगरी उनले साधारण सभा विहान ९ः४५ बजेबाट सुरू हुने बताएका छन् ।

प्रकाशित मिति : २५ पुष २०७८, आईतवार ११:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।