Logo

सूचना/प्रविधि

लमजुङ प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग 



लमजुङ । लमजुङको बेशिसहर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय लमजुङलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग गरेको छ।  बेशिसहर नगरपालिकाका प्रमुख गुमानसिह अर्यालले नगरपालिकाले अपराध अनुसन्धानका लागि सहयोग होस भन्ने उदेश्यले प्रहरीलाई ड्रोन क्यामेरा र ल्यापटप सहयोग गरेको बताए ।

नगरपालिकाका प्रमुख अर्यालले समाजमा शान्ति सुरक्षा कायम गर्न ड्रोन र कार्यालयको कामकाज सहज बनाउन ल्यापटपले सहयोग पुराउने बताए।बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी  नायव उपरीक्षक कृष्णबहादुर कार्कीलाई ड्रोन क्यामरा र ल्यापटप हस्तान्तरण गरेका हुन् ।

ड्रोन क्यामेरा ६० हजार १ सय ७६ रुपियाँ ९९ पैसा र ल्यापटप ५५ हजार ३ सय १० रुपियाँमा खरिद गरी प्रदान गरिएको नगरप्रमुख अर्यालको भनाई छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार १९:१६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।