Logo

कर्पोरेट फोकस

कामना सेवा विकास बैंकद्वारा भक्तजनहरूलाई पानी तथा जुस वितरण



महाशिवरात्रिको अवसरमा कामना सेवा विकास बैंकले हिजो मंगलबार पशुपति क्षेत्रमा पानी तथा जुस वितरण गरेको छ ।

शिवरापत्रिको अवसरमा दर्शन गर्न पशुपति पुगेका भक्तजनहरूको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको बैंकले जनाएको छ ।

यसैगरी काठमाडौं–३०, ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरूमा समेत उक्त सेवा प्रदान गरिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार १०:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।